२०८३, ११ कार्तिक मंगलवार
×

इमर्जिङ कपका लागि नेपालको अन्तिम टोली घोषणा

732 Shares

कार्तिक २१ विहिबार 
नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशमा अर्को सातादेखि हुने इमर्जिङ नेसन्स कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा   कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यूएईमा हुने टि टेनका कारण टोलीमा रहेका छैनन् ।

दुवैले संघका लिखित रुपमा टि१० खेल्न नो अब्जेक्सन लेटर दिन आग्रह गरेका थिए । इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । समुह बीमा रहेको नेपालसँगै भारत, बंगलादेश र हङकङ रहेका छन् । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । यूएईले आफ्नो नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो । नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने छ ।
नेपाली टोली स्
ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल
अफिसियलस्
प्रशान्तबिक्रम मल्ल – व्यवस्थापक, उमेश पटवाल – प्रमुख प्रशिक्षक, रमन शिवाकोटी भिडियो एनालिष्ट र विक्रम न्यौपाने – फिजियो

प्रतिक्रिया