२०८३, ११ कार्तिक मंगलवार
×

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युकेद्वारा घले सम्मानित

1530 Shares

काठमाडौं– नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पूर्व फुटबल खेलाडी वाइवी घलेलाई आर्थिक सहयोग गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई शुक्रबार दुई लाख रुपैयाँ सहयोग गरेको हो । ६१ वर्षीय घले पछिल्लो ११ वर्षदेखि प्यारालाईसिसका कारण थलिएका छन् ।

उनको चारमहिना अघिमात्र गल ब्लाडर र स्टोनको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनी थप अस्वस्थ बन्दै आएका छन् । घलेको उपचारार्थ युके शाखाका सिदार्थ विक्रम क्षत्रीले नगद सहयोग हस्तान्तरण गरे । सन् १९८२ देखि १९९० सम्म नेपाली राष्ट्रिय टोलीमा रहेका घलेले सन् १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

प्रतिक्रिया