२०८३, ११ कार्तिक मंगलवार
×

म्यानचेस्टर सिटीलाई झट्का

833 Shares

लन्डन । बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा आइतबार एभर्टनलाई ३–१ ले पराजित गरेको छ । कालुम विल्सनले दुई गोल गर्दै बर्नमाउथलाई विजय दिलाए ।

म्यानचेस्टर सिटीले शनिबार राति लिगमा जनवरीयताको पहिलो हार बेहोरेको थियो । उसलाई हालै बढुवा पाएको नर्विच सिटीले ३–२ ले स्तब्ध पार्‍यो । सिटीको यो हारपछि लिग तालिकामा लिभरपुलले पाँच अंकको अग्रता खोलेको छ । लिभरपुलले न्युकासललाई ३–१ ले हराएको थियो ।

क्यारो रोडमा सिटीको कमजोर रक्षापंक्ति छर्लङ्ग देखिएको थियो । ‘आज पक्कै पनि क्लबका लागि विशेष दिन सावित भयो,’ नर्विचका प्रशिक्षक ड्यानियल फार्केले भने । नर्विचलाई केनी म्याकलिन र टड कान्टवेलले गोल गर्दै सुरुआती अग्रता दिलाए । लगत्तै सिटीका सर्जियो एगुरोले एक गोल फर्काए । तर टिमु पुकिले नर्विचका लागि तेस्रो गोल थपे । खेलको अन्त्यतिर रोडरीले सिटीका लागि सान्त्वता गोल गरे । एएफपी

प्रतिक्रिया