२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

योङमुदो टोली दक्षिण कोरयातर्फ

1107 Shares

काठमाडौं । दक्षिण कोरियाको छुन्जु शहरमा अगस्ट २७ देखि सेप्टेम्वर ७ सम्म आयोजना हुन गैरहेको ‘छुन्जु वल्र्ड मार्शल आर्टस मास्टरसिप २०१९’ सहभागिता जनाउने खेलाडी तथा पदाधिकारीलाई नेपाल योङमुदो संघले विदाई गरिएको छ ।
नेपाल योङमुदो संघले नैकापमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले खेलाडीहरुलाई टीका तथा खादा लगाएर खेलाडीलाई विदाई गरेका थिए ।
प्रतियोगितामा सात खेलाडी अनुमाया तामाङ, सर्मिला तामाङ, नितेश घले, रोशनकुमार गुरुवाचार्य, रोवर्टो कपाली, बिवेक महर्जन र विकास बस्नेत रहेका छन् । त्यस्तै टोली नेतामा दयाराम थापा रहेका छन् । रेफ्रीमा अविरल बराल र अफिसियलमा सुमन श्रेष्ठ र सन्तोष खड्का रहेका छन् ।
प्रतियोगितामा विश्वका २८ वटा राष्ट्रका खेलाडीहरुले सहभागिता रहनेछ । टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।
नेपालले गतवर्ष यसै प्रतियोगितामा ३ स्वर्णसहित १९ पदक जितेर दोश्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया