1358
Shares
काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि किर्गिस्तानले चुमेको छ ।
शनिबार ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तान च्याम्पियन बनेको हो । २६–२४, २७–२५ र २५–१९ को सेटमा हराएको थियो।
सात टोली सम्मिलित प्रतियोगितामा तुर्केमेनिस्तान तेस्रो, माल्दिभ्स चौथो, आयोजक नेपाल पाँचौं, अफगानिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा रह्यो ।