२०८३, ११ कार्तिक मंगलवार
×

लिगको दोस्रो खेलमा युनाईटेडको बराबरी

1466 Shares

एजेन्सी । प्रिमियर लिग फुटबलको दोस्रो खेलमा म्यानचेष्टर युनाईटेडले बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा उल्भ्ससँग युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेमला युनाइटेडले २७ औँ मिनेटमा सुरुवाती अग्रता दिलाएको थियो । युनाइटेडका लागि एन्थोनी मार्टियलले गोल गरेका थिए । यता घरेलु टोली उल्भ्सको लागि ५५ औँ मिनेटमा बराबरी गोल फर्काए ।

यो बराबरीसँगै युनाईटेडले अंक बाँडेको छ । उसले दुई खेलबाट ४ अंक जोडेको छ । उल्भ्सले भने दोस्रो खेल पनि बराबरी खेलेको हो ।

प्रतिक्रिया