२०८३, ११ कार्तिक मंगलवार
×

भगवानसँग नेइमारको रहश्यमय भिडियो सन्देश

1123 Shares

एजेन्सी – विश्व फुटबलमा हाल सक्रिय खेलाडी मध्ये पछिल्लो समय सबैभन्दा बढी कुनै खेलाडीका बारेमा चर्चा भइरहेको छ भने ती हुन् नेइमार । नेइमारको भविष्य अझै अन्यौलमा छ ।

उनी चाहन्छन् कीर्तिमानी मूल्यमा दुई वर्षअघि अनुबन्धित भएको क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० छोड्न । सकेसम्म पुरानो क्लब बार्सिलोना फर्किने चाहना उनको छ, नभए आफूमा चासो देखाइरहेको रियल मड्रिड ।

दुवै क्लबले नेइमारका लागि पिएसजीमा गरेको पहिलो औपचारिक प्रस्ताव अस्वीकृत भएको छ । यसले झन नेइमारको भविष्यमा अन्यौल थपेको छ ।

नेइमारले आफ्नो चाहना पूरा गरिदिनका लागि ईश्वर, भगवान या प्रभूसँग केही सहयोग मागे जस्तो लाग्दै छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा चाहना पूरा हुने वातावरण बनाउनका लागि भगवानसँग आग्रह गरेको जस्तो देखिएको हो ।

नेइमारले अपलोड गरेको भिडियोमा उनी कारमा कतै जाँदै छन् र बजिरहेको गीत गुनगुनाइरहेका छन् । गीतले भन्छ, ‘फिल मी विथ ह्याप्पिनेस, गड’ । उनको यो भिडियोलाई भगवानका लागि आफ्नो चाहनासहितको सन्देशका रुपमा विश्लेषण गरिएको छ ।

प्रतिक्रिया