![](https://nepalsansar.com/wp-content/uploads/2018/07/अनुप_र_बर्षाको_रोमान्स___२०_लाख_खर्चेर_बनाएको_जय_शम्भु_को_गीत_यस्तो_छ__भिडियोसहित_6807.jpg)
भदौ १ गते प्रदर्शन मिति तोकिएको चलचित्र ुजय शम्भु’को नयाँ गीत रिलिज गरिएको छ। चलचित्र ‘जय शम्भु’को रोमान्टिक गीत ‘म त परेँ तिम्रै भर’ सार्वजनिक गरिएको हो । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो ।
गीतमा चलचित्रका मुख्य कलाकार वर्षा र अनुप नै देखिएका छन् । टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अन्जु पन्त र टंक बुढाथोकीले स्वर दिएका छन् ।
‘जय शम्भु’को टिजर अघिल्लो महिना रिलिज गरिएको थियो । फिल्मको टिजरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेता एकअर्कासँग भिडेको दृष्यलाई देखाइएको छ ।
उक्त फिल्ममा हरि घले लामाको छायाँङ्कन, श्री श्रेष्ठको एक्सन, टङ्क बुढाथोकीको सङ्गीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा अनुप र वर्षाको अलवा प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको अभिनय देख्न सकिनेछ ।