2190
Shares
पोखरा – नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो।
सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।