२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सुनको मुल्य निरन्तर उकालो : तोलाको ७० हजार

1709 Shares
Spread the love

काठमाडौँ – सुनको मूल्य उकालो लाग्ने क्रम जारी नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोला पनि पाँच सय रुपैयाँले बढेर ६९ हजार सात सय पुगेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार दुई सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार तीन सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको छ ।

प्रतिक्रिया