पाकिस्तानका क्रिकेट खेलाडी मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । फास्ट बलरको रुपमा चिनिएका मोहम्मद आमिरले हिजो शुक्रबार टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेर सबैलाई अचम्भित बनाईदिएका थिए । उनले सन्यासको घोषणा लिएपछि उनका नजिकका मित्रहरुका अनुसार मोहम्मद आमिरले पाकिस्तानको तर्फबाट अब खेल नखेल्ने मनसाय बनाएको दाबी अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले सन्यासको घोषणा लिएसंगै दाबी गरिएको छ की मोहम्मद आमिरले बेलायती नागरिकताका लागि आवेदन लिएका छन् ।

मिडियाले दाबीका साथ लेखेको छ की मोहम्मद आमिर बेलायतमा नै घर समेत खरिद गर्दैछन् ताकी उनलाई त्यहाँ स्थायीरुपमा बसोबास गर्नका लागि सहजता होस । उनले सन् २०१६ मा बेलायती महिला नरगिस मलिकसंग बिवाह गरेका थिए । पाकिस्तानी अखबार द ट्रिब्यूनका अनुसार मोहम्मद आमिरले श्रीमतीको नागरिकताका आधारमा श्रीमानले पाउँने नागरिकताका लागि आवेदन दिएका हुन् । त्यसोत उनलाई बेलायती नागरिकता पाउँनका लागि असहज हुन सक्ने अनुमान पनि गरिएको छ।

कनिकी उनलाई बेलायतको अदालतले स्पट म्याच फिक्सिङको आरोपमा दोषी मानेको थियो । यही मुद्धामा उनले बेलायतमा जेल सजायसमेत काटिसकेका छन् । त्यसपछि पनि उनी बेलायत धेरै पटक गईसकेका छन् भने त्यहाँ क्रिकेट पनि खेलिसकेका छन् । मोहम्मद आमिरले सन्यासको घोषणा लिँदा क्रिकेट प्रेमी फ्यानहरु आश्चर्यमा परे पनि खेल मैदानका उनका साथीहरु भने अचम्भित नपरेको बताईन्छ ।
किनकी मोहम्मद आमिर पाकिस्तानमा बस्न नचाहेको र पाकिस्तानबाट खेल्न पनि नचाहेको उनीहरुको बुझाई थियो । पाकिस्तानको राष्ट्रिय टिमबाट उनले केही खेलहरु खेल्न बाँकी रहँदा मोहम्मद आमिरले दिएको सन्यासले क्रिकेट प्रेमी निरास भएका छन् भने उनले बेलायती नागरिकताका लागि आवेदन दिएको खबर बाहिरिएपछि उनीप्रति आक्रोस पनि पोखिरहेका छन् । एजेन्सीको सहयोगमा