२०८३, ११ कार्तिक मंगलवार
×

क्रिकेट विश्वकपको सट्टेबाजी गराउने एक जना पक्राउ

962 Shares

चितवन । प्रहरीले चितवनका विभिन्न ठाउँमा विश्वकप क्रिकेटको सट्टेबाजी गराउने एक जनालाई प्रहरीले पक्रेको छ ।

नवलपरासीको प्रतापुर गाउँपालिका घर भएर भरतपुर महानगरपालिकामा डेरागरी बस्ने मुकेशकुमार साहले अन्य व्यक्तिलाई समेत संलग्न गराएर सट्टेबाजी गराईरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए ।

डेराबाट ३ लाख ५० हजार नगद, ६ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । साहले नेपाली तथा भारतीय नागरिकलाई समेत आवद्ध गराएर विश्वकप क्रिकेटको सट्टेबाजी गराउँदै आएको प्रहरीको आरोप छ ।

पक्राउ परेका साहलाई मुलुकी अपराध संहिता अनुसार मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया