3151
Shares
काठमाडौं । रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबल च्याम्पियन फ्रान्सको टोली घर फर्केको छ । टोलीलाई राजधानी पेरिसमा भब्य स्वागत गरिएको छ ।
निकै ठूलो सत्कार र सम्मानसहित स्वतस्फूर्त सडकमा ओर्लिएको नागरिक समाजले टोलीलाई स्वागत गर्ने क्रममा ट्रफीसहित विजयी र्यालीसमेत निकालियो ।
पेरिसको विमानस्थलमा ओर्लेदेखि नै खेलाडीहरुको भब्य स्वागत गरिएको थियो । लाखौंको संख्यामा फुटबलप्रेमीसंगै देशप्रेमीहरु संगठित भएका थिए । पाँच लाख फ्रान्सका नागरिक सडकमा ओर्लिएको बताइएको छ ।
सन् १९९८ को पनि विजेता फ्रान्सले २० वर्षमै फेरि खुशी दिएपछि टोलीलाई फ्रान्सकै सर्वोच्च सम्मानबाट सम्मानित गरिने भएको छ ।