काठमाडौं । जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै छन् । यी दुवै देशले लगातार हार ब्यहोरिरहेका छन् ।
शनिबार नेपाली समयानुसार साँझ ६ः१५ मा अफगानिस्तानसँग भिड्दा दक्षिण अफ्रिकाले जितको सुरुवात गर्न चाहन्छ । तर तीन खेल गुमाएको अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ ।
विश्वकपमा दक्षिण अफ्रिकाले यति कमजोर प्रदर्शन गर्छ भनेर प्राय: कमैले सोचेका थिए ।
तर, यस्तै भयो । लगातार तीन खेल हारेको उसले बनाएको एक अंक पनि पानीले खेल रद्द भएपछि पाएको हो । अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने उसलाई बाँकी सबै खेल जित्नुपर्ने दबाव छ, जुन कठिनभन्दा पनि कठिन छ । शीर्ष स्थानका ब्याट्सम्यान र बलर नै नचल्दा दक्षिण अफ्रिका समस्यामा छ । हसिम अमला, क्विन्टन डि कक, फाप डुप्लेसिस, जेपी जुमिनी, डेभिड मिलर जस्ता ब्याट्सम्यान चल्न सकिरहेका छैनन् । लगातार हारको मुख्य कारण पनि यही हो ।
बलिङ पनि प्रभावकारी छैन । इमरान ताहिर, कागिसो रबडाजस्ता बलरमा जादुमयी प्रदर्शन देखिएको छैन ।
अफगानिस्ताको अवस्था पनि योभन्दा फरक छैन । तुलनात्मक रुपमा कमजोर मानिए पनि ठूला टिमलाई बेलाबेला चक्मा खुवाउने अफगानिस्तान यो पटक त्यस्तो छैन । बलिङ ठीकठाक भए पनि ब्याटिङ चल्न नसक्दा जितिसकेको खेल पनि अफगानिस्तानले गुमाएको छ ।
दक्षिण अफ्रिका
फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।
अफगानिस्तान
गल्बादिन नाइब (कप्तान) अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।