२०८३, ११ कार्तिक मंगलवार
×

मेन्डी औपचारिक रुपमा रियल भित्रिए

1739 Shares

काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो ।

मेंडीलाई रियल म्याड्रिडले ५४ मिलियन डलर खर्च गरेर फ्रेन्च क्लब लियोनबाट भित्र्याएको हो । निकै तारिफ गरिएका २४ बर्षिय मेंडीले रियलमा ब्राजिलियन मार्सेलोको ठाउ लिन सक्ने बताइएको छ । मेंडीलाई क्लब १९ जुनमा क्लबमा प्रस्तुत गर्ने बताएको छ ।

२०१७ मा लियोनबाट खेलेका मेंडीले लियोनमा दुई सिजनमा ७९ खेल खेल्दै ३ गोल गरेका छन् भने यस सिजनमा लियोनलाई फ्रेन्च लिगमा तेस्रो बनाउन ठुलो भूमिका खेलेका थिए । त्यस्तै फ्रान्सको राष्ट्रिय टिमका लागि भने ३ खेल मात्र खेलेका छन् ।

प्रतिक्रिया