२०८३, ११ कार्तिक मंगलवार
×

एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल म्यानमारसँग

1274 Shares

काठमाडौं – मलेसियामा हुने एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। जुलाई २ बाट ९ तारिखसम्म आयोजना मा नेपाल समूह ‘ए’ मा परेको छ।

एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र सिंगापुर छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड छन्। नेपाल गत संस्करणको विजेता हो।

सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्नेछ। सोही दिन आयोजक मलेसियाले थाइल्यान्डको सामना गर्दा अर्को खेलमा सिंगापुरले चीनको सामना गर्नेछ। नेपालले दोस्रो खेल जुलाई ५ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्दा तेस्रो खेल जुलाई ६ मा चीनसँग खेल्नेछ।

८ टोलीलाई दुई समूहमा विभाजन गरीएको छ। नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यु–१९ एसिया कपमा सहभागी हुने अवसर पाउनेछ।

प्रतिक्रिया