२०८३, ११ कार्तिक मंगलवार
×

आत्तरखेल वडा अध्यक्ष कप सम्पन्न : सक्षम सन्जाल क्लबले उचाल्यो वडा अध्यक्ष कपको उपाधी

1050 Shares

काठमाडौँ – आत्तरखेल युवा समाजको आयोजनामा भएको आत्तरखेल वडा अध्यक्ष कप भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त वडा अध्यक्ष कपको उपाधी सक्षम सन्जाल फुटबल क्लबले जितेको छ ।

एक तर्फिए खेलमा सक्षम सन्जालले सुरुवात देखि जोरपाटी फुटसललाई दबाबमा रखेको थियो । दुई अफ्रिकी खेलाडी भएको जोरपाटी स्पोर्ट्स हाउसलाई १ अफ्रिकी खेलाडी सहित मैदानमा उतृएको सक्षम सन्जाल फुटबल क्लबले ४-२ गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।

उपाधीसंगै सक्षम सन्जालले नगद एक लाख जित्यो भने दोश्रो भएको जोरपाटी स्पोर्ट्स हाउसले ५० हजारमा चित्त बुझायो ।

खचाखच दर्शकले भरिएको उत्तर वाहिनी को मैदानमा भएको खेलमा विजयी खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट गोल किपर सक्षम सन्जाल क्लबका सन्तोष महत,उत्कृष्ट खेलाडी सोही क्लबका दिपेश गुरुङ घोषित भए भने प्रतियोगितामा ७ गोल गरेका आत्तरखेल क्लबका दिनेश राई सर्वधिक गोलकर्ता घोषित भए । प्रतियोगितामा २८ टिम उपाधीकालागी भिडेका थिए ।

गोकर्णश्वार अन्लाईनबाट

प्रतिक्रिया