लण्डन – आक्रामक फुटबल खेलेका इटाली, जर्मनी र बेल्जियमले सन् २०२० मा हुने युरोकपका लागि शनिबार राति भएको छनोट खेलमा जित हात पारेका छन् ।
विश्व च्याम्पियन फ्रान्सका लागि भने शनिबार सुखद् रहेन । उसले टर्कीसँग २–० को पराजय बेहो¥यो । फ्रान्ससँगै फाइनलमा पराजित भएपछि सन् २०१८ को विश्वकपमा उपविजेतामा सिमित भएको क्रोएसियाले वेल्सविरुद्व २–१ को जित निकाल्यो ।
सन् २०१८ को विश्वकपको छनोट मै असफल भएको इटालीले नयाँ प्रशिक्षक रोबर्टो मान्सिनीको आगाममा आफ्नो खेल्ने शैलीमा परिवर्तन गरेको छ । इटालीले ग्रिसलाई ३–० गोलले पराजित ग¥यो । एथेन्समा भएको खेलमा पहिलो हाफको अन्त्यतिर १० मिनेटको अन्तरमै तीन गोल गर्दै समूह एचमा रहेको इटालीले जित हात पारेको हो ।
इटालीका लागि खेलको २३औं मिनेटमा निकोलो बारेल्लाले सुरुवाती गोल गरेका थिए । खेल सुरु भएको आधा घण्टा पुग्दा लोरेञ्जो इन्सिग्नेले टोलीको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि नै लियोनार्दो बोनुसीले हेडिङ गोल गर्दा इटाली पहिलो हाफको खेलमै ३–० ले अघि बढेको थियो ।
त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल भएन र खेलमा इटाली ३–० ले विजयी रह्यो । समूह एचमा इटालीको यो तीन खेलमा तेस्रो जित हो । यस्तै अर्को खेलमा जर्मनीले बेलारुसविरुद्व २–० को जित निकाल्यो । टोलीको जितमा लेरोय साने र मार्को रेउसले एक/एक गोल गरे ।
आफूलाई ‘मार्क’ गर्न बसेका विपक्षी खेलाडीलाई समेत छक्याएर सानेले खेलको १२औं मिनेटमै गोल गरेका थिए । त्यसपछि खेलको ६२औं मिनेटमा मार्को रेउसको ‘हाफ भली सट्’ गोलमा परिणत हुँदा जर्मनीको जित २–० ले पक्का बनेको थियो ।
यस्तै बेल्जियमले काजकस्तानलाई ३–० र क्रोएसियाले वेल्सलाई २–१ गोल अन्तरले पराजित ग¥यो । स्टार खेलाडीले भरिएको फ्रान्स भने अपत्यारिलो पराजय बेहोर्न बाध्य भयो । समूह एचमा रहेको फ्रान्सको सुरुवाती तीन खेलमा यो पहिलो पराजय हो ।
एन्टोइन ग्रिजम्यान, ओलिभर गेरुड र केलियन एम्बाप्पे जस्ता खेलाडी रहेको फ्रान्स टर्कीसँग पछि रह्यो । पहिलो हाफको खेलमै दुई गोल बेहोर्दै फ्रान्स खेलमा पराजित हुन पुगेको हो ।