२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

१७ वर्षपछि भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्रे

1233 Shares
Spread the love

रत्ननगर । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धावनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गर्नु पर्ने बताउँछन् । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाई छ ।

गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदै छ ।

त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ । धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । “मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ”, उनले भने, “बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौं। कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौं।

”भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् ।

प्रतिक्रिया