क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकले पोर्चुगलले बुधबार राति स्ट्जिरल्यान्डलाई ३–१ ले हराउँदै नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ।
३४ वर्षे रोनाल्योले २५औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। ५७औं मिनेटमा स्विट्जरल्यान्डका रिकार्डो रोडरिग्वेजले पेनाल्टीमा बराबरी गोल फर्काए।
अन्तिम तीन मिनेटमा रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले फाइनलमा स्थान बनायो। ८८औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गरेका रोनाल्डोले अन्तिममा ह्याट्रिक गरेका हुन्।
पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पछिल्लो ८ मध्ये ५ खेलमा विजय हासिल गरेको थियो। त्यसमध्ये ६ खेलमा पोर्चुगलले गोल खाएको थिएन। १९९३ को विश्वकप क्वार्टरफाइनलपछि पोर्चुगल र स्विट्जरल्यान्ड दुबै टोलीले गोल गरेको यो पहिलो खेल हो।
पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार पोर्टोमा हुनेछ।