फिफा अध्यक्ष जियानी इन्फान्टिनो बुधबार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। ४९ वर्षे इन्फान्टिनोलाई पेरिसमा सम्पन्न फिफाको वार्षिक साधारणसभाले २०२३ सम्मका लागि निर्वाचित गरेको हो।
भ्रष्टाचारको अभियोग लागेका सेप ब्लाटरको बर्हिगमनपछि इन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष बनेका थिए। १७ वर्ष फिफाको नेतृत्व गरेका ब्लाटर भ्रष्टाचार मुद्दामा मुछिएर प्रतिबन्धमा परेपछि इन्फान्टिनो फुटबलको सर्वोच्च पदमा चुनिएका हुन्। पहिलो कार्यकालमा इन्फान्टिनोको मुख्य उपलब्धि २०२६ को विश्वकपमा सहभागी टालीको संख्या बढाउनु हो।
फिफा कंग्रेसमा लामो सम्बोधन गरेका इन्फान्टिनोले पहिलो कार्यकालमा गरेको कामको बचाउमा समय खर्चिएका थिए। इन्फान्टिनोले २०२६ को विश्वकपमा सहभागी संख्या ३२ बाट बढाएर ४८ पु¥याएका छन्। उक्त संस्करण अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजना गर्नेछ।
२०२२ कै विश्वकपबाट ४८ टोली पु¥याउने इन्फान्टिनोको योजना भए पनि अन्तिम समयमा कतार विश्वकपमा संख्या नबढाउने निर्णय भएको थियो। इन्फान्टिनो २०२१ बाट २४ टोलीलाई सहभगी गराई क्लब विश्वकप आयोजना गर्ने योजनामा छन्। यद्यपी युरोपका ठूला क्लबहरुले त्यसो भए आफूहरुले प्रतियोगिता वहिस्कार गर्ने धम्की दिएका छन्।