२० जेठ, सोमबार ।
विश्वकप क्रिकेटअन्तर्गत आज घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेलमा इंग्ल्यान्ड भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।यता, पाकिस्तान भने पहिलो जितको खोजिमा हुनेछ । पाकिस्तानले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको हार ब्यहोरेको थियो ।
इंग्ल्यान्डको ब्याटिङ अब्बल देखिएको छ । दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दा पनि इंग्ल्यान्डले ३११ रन बनाएको थियो । त्यसकारण इंग्ल्यान्डको राम्रो पक्ष भनेकै ब्याटिङ देखिएको छ । यता, पाकिस्तानको मामलामा भने ठीक विपरीत हुन्छ । पाकिस्तानको ब्याटिङ पहिलो खेललाई आधार मान्ने हो भने एकदमै कमजोर देखिएको छ ।टस हारेर आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध मैदानमा उत्रिँदा पाकिस्तान १०५ रनमै अलआउट भएको थियो ।आजको खेलमा घरेलु इंग्ल्यान्डलाई पराजित गर्नु पाकिस्तानको लागि कठिन छ । किनभने केही दिनअघि भएको एकदिवसीय अन्तर्रा्ष्ट्रिय सिरिजमा पाकिस्तानले इंग्ल्यान्डसँग ४–० ले सिरिज गुमाएको छ ।