२०८३, ११ कार्तिक मंगलवार
×

युरोपेली च्याम्पियन लिगको उपाधि लिभरपुललाई

3465 Shares

म्याड्रिड – मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोल मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ ।

लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस प्रतिद्वन्द्वलाई २–० ले हराएको हो। यससँगै लिभरपुल व्यवस्थापक योर्गन क्लोपले युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न सफल रह्यो।

सलाले दोस्रो मिनेटमै पेनाल्टीबाट गोल गरे। च्याम्पियन्स लिगमै सबैभन्दा चाँडै सम्भव दोसो गोलको अवसर टोटनहमले ४८ औं सेकेन्डमा बल आफ्नो पेनाल्टी एरियामा ह्यान्ड गरेपछि प्राप्त गरेको हो।

ओरिगीले भने ८८ औं मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे। गत वर्षको फाइनलमा रियल म्याड्रिडसँग पराजित लिभरपुल यसपल्ट भने भाग्यमानी रह्यो।

प्रतिक्रिया