२०८३, ११ कार्तिक मंगलवार
×

आज राती च्याम्पियन्स लिग उपाधि भिडन्त , कस्ले मार्ला बाजी ?

999 Shares

च्याम्पियन्स लिगको फाइनलमा ११ बर्षपछि इङ्लिस टोली भिड्न लागेका हुन् । त्यसैले यी दुई टोलीबीचको उपाधि भिडन्त रोचक हुने अनुमान गरिएको छ । यसअघि सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाईटेड र चेल्सी खेलेका थिए

प्रिमियर लिगको उपाधि नजिक पुगेर चुकेको लिभरपुललाई यस सिजन च्याम्पियन्स लिग जित्ने राम्रो मौका छ । लिभरपुलले सेमिफाइनलको दोस्रो लेगमा चमत्कारपूर्ण नतिजा निकाल्दै फाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल स्पेनिस महारथि बार्सिलोनासँग ३–० गोलले पराजित भएको थियो । लिभरपुलले घरेलु मैदानमा खेलिएको दोस्रो लेगमा अविश्वसनीय पूनरागमन गरेको थियो । एनफिल्डमा बार्सिलोनालाई ४–० गोलले हराउँदै लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

१४ बर्षपछि उपाधि चुम्ने राम्रो अवसर पाएको छ लिभरपुललाई शाख जोगाउन आज राती उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । अघिल्लो सिजन फाइनलमा रियल म्याड्रिडसँग हारेको लिभरपुल यसपटक रियलकै मैदानमा टोट्टनहामलाई हराउन कम्मर कसेर लागेको छ ।

यसैगरी टोट्टनहामले पनि सेमिफाइनलमा डच टोली आयाक्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलको पहिलो लेगमा आफ्नै घरमा १–० गोलले पछि परेको टोट्टनहामले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै आयाक्सलाई ३–२ गोलले हराएको थियो । समग्रमा ३–३ गोलको बराबरी गर्दै टोट्टनहामले अवे गोलको आधारमा फाइनलमा स्थान बनाएको थियो । पहिलो पटक च्याम्पियन्स लिगको उपाधि मुखमा रहेको टोट्टनहाम यस मौकालाई भरपुर सदुपयोग गर्ने अभियानमा छ ।

त्यसैले स्टार खेलाडीले भरिएको लिभरपुल र टोट्टनहाम दुवैले उपाधि हत्याउन राम्रो तयारी गरिरहेका छन् । रियल म्याड्रिडमा आज राती कस्तो भाग्य चम्केला भन्ने कौतुहलता छ । कुन टोलीको सफल होला त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया