२०८३, ११ कार्तिक मंगलवार
×

विश्वकप ‘प्रिभ्यू’ : न्युजिल्यान्ड र श्रीलंका भिड्दै

2108 Shares

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज हुने दुइमध्ये एक खेलमा न्युजिल्यान्ड र श्रीलंका भिड्दै छन् ।

वेल्सको कार्डिस्थित कार्डिफ स्टेडियममा हुने यो प्रतिस्पर्धा साविक उपविजेताविरुद्व पूर्वविजेता टोलीबीचको प्रतिस्पर्धा हुने छ, जसले प्रतियोगितामा आगामी यात्राको सङ्केत निश्चित गर्ने छ । यो प्रतिस्पर्धालाई विश्वकप इतिहासमा उत्कृष्ट प्रदर्शन गरेको टोली र वर्तमानमा लयमा रहेको टोलीबीचको प्रतिस्पर्धाको रुपमा हर्दा पनि हुने छ ।

श्रीलंकाले सन् १९९६ मा विश्वकप उपाधि जितेको हो । यद्यपि दक्षिण एसियाली टोलीले पछिल्लो समय आफ्नो विश्वविजेताको त्यो लयलाई निरन्तर्ता दिन सकिरहेको छैन । त्यसको ठीकविपरीत न्युजिल्यान्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।

चार वर्षअघि अष्टे«लियासँग मिलेर आफैले आयोजना गरेको विश्वकपमा न्युजिल्यान्डले फाइनल खेलेको थियो । विश्वकप इतिहासमा ६ पटक सेमिफाइनलमा पराजय बेहोरेपछि न्युजिल्यान्ड गत संस्करणमा फाइनलमा पुगेको थियो । फाइनलमा अष्टे«लियासँग पराजित हुँदा उपाधिबाट चुक्यो ।

सो विश्वकपपछि कप्तान ब्रेन्डन म्याककुलमले क्रिकेट छाडे । उनको स्थानमा केन विलियम्सन आएका छन् । महत्वपूर्ण कुरा चार वर्षअघिको विश्वकपमा सशक्त प्रदर्शन गरेका खेलाडीको बाहुल्यता अहिलेको टोलीमा छ । त्यसैले यी दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

यो विश्वकपको आफ्नो पहिलो खेलमा श्रीलंकाले आफ्नो गर्विलो इतिहासबाट प्रेरणा लिने प्रयास गर्ने छ । न्युजिल्यान्डले नजिकको विगतमा आफूले तय गरेको सुनौलो यात्रालाई थप नयाँ उचाइमा पु¥याउने प्रयास गर्ने छ । यी दुई टोलीको यही प्रयासमा क्रिकेट समर्थकहरूले प्रतिस्पर्धात्मक क्रिकेट खेलको मजा लिन सक्ने छन् ।

विश्वकप सुरु हुनुअघि खेलिएको अभ्यास खेलको नतिजालाई हेर्ने हो भने न्युजिल्यान्ड केही अघि देखिएको छ । न्युजिल्यान्डले आफ्नो पहिलो अभ्यास खेलमा भारतलाई पराजित गरेको थियो भने दोस्रो अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजय बेहोरेको थियो । श्रीलंकाले भने दुईमध्ये दुबै अभ्यास खेल गुमाएको थियो ।

प्रतिक्रिया