२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

पेट्रोल र डिजल, महंगो बनाएको बजेट” अर्थमन्त्रीले कर बढाए

1294 Shares
Spread the love

काठमाडौं । सरकारले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने भएको छ । यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सडक विकासका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाइने जानकारी दिए । आजै रातिदेखि पेट्रोलियम पदार्थबाट कर लिन थालिने छ ।

त्यस्तै, काठमाडौंको ट्राफिक जाम हटाउन कोटेश्वर, बानेश्वर र त्रिपुरेश्वरमा अन्डरपास र फ्लाइओभर बनाउने घोषणा गरेको छ ।

बुटवल पाल्प सडकको शिद्धबाबा सकडमा सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिए । त्यसैगरी, सरकारले बनाउने सबै सडकहरु २ लेनको हुने उनले जानकारी दिए ।

प्रतिक्रिया