२०८३, ११ कार्तिक मंगलवार
×

कतार विश्वकप:- ४८ टिम बनाउँने निर्णयबाट पछि हट्यो फिफा

1709 Shares

जेठ ९ कतारमा सन् २०२२ मा आयोजना हुन लागिरहेको फिफा विश्वकपको चर्चा निकै चुलिएको थियो । एकातिर खाडी मुलुकले पहिलो पटक विश्वकप आयोजना गर्दै थियो भने पहिलो पटक कतार विश्वकपबाट नै टोलीको संख्या ३२ बाट ४८ पु¥याउने निर्णय रसियामा भएको विश्वकपको दौरान नै निर्णय भएको थियो । उक्त निर्णयलाई सबै फुटबल संघहरुले समर्थन गरेपछि पारित नै भएको थियो । तर अब कतार विश्वकपमा ३२ मात्र टोलीको सहभागीता हुने भएको छ । यसबारेमा विश्व फुटबल महासंघ फिफाले जानकारी दिएको छ । हाल खाडी  देशहरुबीच बढेको तनावलाई मध्यनजर गर्दै टोलीको संख्या ३२ मात्र हुने फिफाले जनाएको छ ।

गल्फ देशहरुबीच राजनितीक तनाव देखिएको कारण नै सहभागी देशको संख्या बढाउँन गाह्रो हुने भन्दै फिफाले यस्तो निर्णय लिएको हो । कतारले मात्र ४८ टोली र सर्मथकको चापलाई धान्न नसक्ने देखिएपछि फिफा ३२ टोलीलाई नै निरन्तरता दिने भएको हो । कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल कतारको छिमेकी खाडी देशसँग सम्बन्ध त्यति राम्रो छैन । यूएई, बहराइन र साउदी अरेबियालाई सह-आयोजकको रुपमा लिएर सहभागी संख्या बढाउने फिफाको योजना खाडी देशबीच चिसिएको सम्बन्धका कारण विफल भएको हो ।

कुवेतले आयोजनाको इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निश्कर्ष पनि फिफाले निकालको छ । ओमानले आयोजना गर्ने इच्छा देखाएन । ३२ मात्र टोली हुने भएपछि कतारले विश्वकप राम्रोसंग आयोजना गर्ने फिफाले विश्वास लिएको छ । कतारमा पछिल्लो पटक देखिएको मानव अधिकार, श्रम सम्बन्धि बिवादलाई मथ्थर पारेर कुनै पनि समस्याबिना नै विश्वकपको आयोजना गर्ने बिश्वास फिफाले लिएको छ । विश्वकपकै लागि कतारले अत्याधुनिक रंगशाला निर्माण गरिरहेको छ ।

प्रतिक्रिया