२०८३, ११ कार्तिक मंगलवार
×

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा

2377 Shares

काठमडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा गरेको छ ।
यही जेठ तेस्रो हप्ता  मलेसिया र ताईपेयीसँग हुने मैत्रीपूर्ण खेलका लागि टिम घोषणा गरिएको एन्फाले जनाएको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनको सुझावका आधारमा २३ सदस्यीय टिम घोषणा गरिएको हो ।

घोषित टिममा चर्चित पुराना अनुहार बाहिर भएका छन् भने केही नयाँ युवा खेलाडीलाई पनि टिममा समावेस गरिएको छ । टिममा नपर्ने चर्चित खेलाडीहरुमा फरवार्ड विमल घर्ती मगर, हेमन गुरुङ, हेमन्त थापामगर र दिनेश राजवंशी छन् । भरत खवास भने चोटका कारण टिममा परेनन्।

२३ सदस्यीय नयाँ अनुहारमा अभिषेक रिजाल र रवि सिलवाल छन् । युवा गोलकिपर एलन न्यौपानेले पनि टिममा स्थान बनाएका छन् । एक हुन् ।

एन्फाका अनुसार जेठ १९ गते आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल हुनेछ भने २३ जेठमा ताइपेयीसँग हुनेछ । फिफा वरियतामा ताइपेयी १२५ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ । यस्तै मलेसिया १६८ औं स्थानमा छ ।

नेपाली टिम

गोलकिपर– किरण चेमजोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डर – विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर – सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोस तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट ।

प्रतिक्रिया