बिर्तामोड । अन्तरास्ट्रिय स्तरको रियल स्टेट सेवा पुर्याउने उदेस्यले संचालित सम्वृद्धि रियल स्टेटले झापाको बिर्तामोडमा कार्यालय खोलि कारोबार सुरु गरेको छ !हिजो भएको उद्घाटन समारोहमा प्रतिनिधि सभाका माननीय सांसद राजेन्द्र लिङ्ग्देनले रिबन काटेर सम्वृद्धि रियल स्टेट बिर्तामोडको समुद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा निबृत रास्ट सेबक समाजका केन्द्रिय सह अध्यक्ष जय धर्म आचार्य ,राबा बैंक भद्रपुर् का प्रबन्धक ऋषिनाथ अधिकारी,सहायक प्रमुख गुरु प्र.राई,पुर्व प्रबासी समाज नेपालका केन्द्रीय सचिव उत्तम श्रेष्ठ ,पोपर्टी डिलर्स एसोसियन झापा जिल्ला अध्यक्ष रोशन बोहरा,नवोदित मेलमिलाप सेवा केन्द्र भद्रपुर का सचिब लक्ष्मी प्रसाद घिमिरे ,पोपर्टी डिलर्स एसोसिएन केन्दीय उपाध्यक्ष अर्जुन कुमार उप्रेती,पोपर्टी डिलर्स एसोसिएन केन्दीय सचिव डेसर किरण राई,सुर्योदय ऋण तथा बचत सहकारी का उपाध्यक्ष बद्री भट्टराई , सुर्योदय ऋण तथा बचत सहकारी का सचिव होम कार्की,पुर्व प्रवाशी समाज नेपाल सदस्य गुरु प्रसाद नेपाल,सम्वृद्धि रियल स्टेट इटहरीका अध्यक्ष योगेन्द्र शर्मा ,संचालक भूबन थापा ,सम्वृद्धि रियल सुन्दर हारैचा का धिरज राई,बिर्तामोड नगरपालिका वडा न ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्ग्देन ,नेपाल प्रोपर्टी सभिसेस का प्रबन्ध निर्देशक सागर ढकाल , समाल ग्रुप रियल स्टेटका प्रबन्ध निर्देशक राजु समाल ,युवा ब्यबसयी अर्जुन न्यौपाने , करिब १ दर्जन बिभिन्न मेडियाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको संचालन मेची सम्वृद्धि रियल स्टेटका डाईरेक्टर केशब श्रेष्ठ गरेका थिए भने उद्घाटन समारोहको सभापतित्व मेची सम्वृद्धि रियल स्टेटका अध्यक्ष तिर्थ राज न्यौपाने ले गरेका थिए । कम्पनीको बारेमा संक्षिप्त जानकारी दिदै मेची सम्वृद्धि रियल स्टेटका फाउन्डर डाईरेक्टर ,एनआरएन ए युकेका उपाध्यक्ष तथा अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष ललित कुमार न्यौपाने ले स्वागत भासण गरेका थिए । सम्वृद्धि रियल इस्टेटका फाउन्डर सी इ ओ साम सुर्य तामांगले कम्पनीको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा जय धर्म आचार्य,उत्तम श्रेष्ठ,रोशन बोहरा,होम कार्की लगायतका बक्ता हरुले सुभकामना मन्तब्य दिएका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका माननीय सांसद राजेन्द्र लिङ्ग्देनले प्रमुख अतिथिको रुपमा बोल्दै झापामा अन्तरास्ट्रिय स्तरको आधुनिक प्रोपटी ब्यबसाय सुरु भएकोमा खुसि व्यक्त गर्दै सफलताको सुभकामना दिएका थिए ! बिदेशमा सिकेको ज्ञान सिप र पुँजी ल्याई सबैले देशमै मिहेनत गर्न सके हाम्रै जीवन कालमा बिकाश र सम्वृद्धि ल्याउन सकिन्छ भन्नु भएको थियो ।
सबै अतिथिहरु लाई मायाको चिनो प्रदान गरी जलपान गराई कार्यक्रमको समापन गरिएको थियो !सबै लाई धन्यवाद ज्ञापन गर्दै मेची सम्वृद्धि रियल इस्टेटका फाउन्डर डाईरेक्टर तिर्थ राज न्यौपानेले कार्यक्रमको बिसर्जन गरेका थिए !उक्त कार्यक्रममा ,सेल्स डाईरेक्टर निलम आचार्य लगायत कम्पनीका कर्माचारी हरु ,प्रोपाटी ब्यबसाय संग संग्लग्न बिभिन्न महानुभाब हरुको बाक्लो उपस्थीति रहेको थियो ।

सम्वृद्धि रियल ईष्टेटले अब काठमाडौँ उपत्यकामा ४ र देशका प्रमुख सहर हरुमा करिब ७ वटा कार्यालय बिदेशका करिब १० मुलुक र नेपालका बिभिन्न जिल्लामा करिब ४० सम्पर्क केन्द्रहरु स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।
