1923
Shares
बिहीबार, २ जेष्ठ
वेष्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग९सीपीएल० ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलाडी सूचीमा नेपालका चार खेलाडी परेका छन् ।हिजो सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउण्डर दिपेन्द्र सिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल परेका हुन् ।
खेलाडी छनौट यही मे २२ तारिखमा लन्डनमा हुनेछ । सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।यस संस्करणको सीपीएल क्रिकेट आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ ।
नेपालका सन्दिपले गत वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।उनले टोलीका लागि ५ खेलमा ७ विकेट लिएका थिए । सीपीएलमा ६ टोली सहभागि छन् ।