२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

कान्तिपुर दैनिक र काठमाडौं पोस्टका प्रधान सम्पादकले दिए एकसाथ राजीनामा

7814 Shares

नेपालको ठूलो र शक्तिशाली मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकले आफ्नो पदबाट एकैपटक राजीनामा दिएका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका हुन्।

तीन–चार दिन यता कान्तिपुरका संचालक कैलाश सिरोहियासँग ‘ह्याटिक मिटिङ’मा रहेका सम्पादकहरुले राजिनामा दिएर आफ्ना सहकर्मीलाई त्यसबारे ब्रिफ गरेका थिए ।

नियमित सम्पादकीय मिटिङमा दुवै पत्रिकाका सम्पादहरुले आ आफ्नो टिमलाई राजिनामाबारे बताएका थिए । उनीहरुले ‘व्यक्तिगत कारण’ भन्दै संस्थाबाट राजिनामा दिएको औपचारिक मिटिङमा बताएका हुन्।

अनौपचारिक रुपमा भारतीय लगानीकर्ता कान्तिपुर हाउसमा भित्रिएको विषय केही दिन यता चर्चामा रहेको भए पनि सम्पादकहरुले त्यसबारे औपचारिक मिटिङमा मुख खोलेनन्।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस् :

https://youtu.be/_1VVfvKlCEs

प्रतिक्रिया