एजेन्सी । गएको सिजन रोमालाई घरेलु मैदानमा पराजित गरेको बार्सिलोना रोमाको घरेलु मैदानमा भने पराजित हुन पुग्यो । क्वाटरफाइनलबाटै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो ।
पहिलो खेलमा बार्सिलोनाले रोमालाई ४–१ गोलले पराजित गरेको थियो । तर, घरेलु मैदानमा रोमाले तीन गोल फर्काउँदा अवे गोलका आधारमा बार्सिलोना नकआउट हुन पुग्यो ।
यस सिजन पनि बार्सिलोनाको नियती उही रह्यो । बार्सिलोनाले घरेलु मैदान नउ क्याम्पमा लिभरपुलमाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । तर, लिभरपुलको घरेलु मैदानमा चार गोल खाँदा च्याम्पियन्स लिगको यस सिजनको यात्रा टुगिंन पुग्यो ।
खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरु बोक्ने बस लियोनल मेस्सीलाई नलिइ एयरपोर्ट गएको खबर भाइरल भइरहेको छ । मिडिया रिपोर्टका अनुसार मेस्सी विभिन्न परिक्षणका लागि व्यस्त रहँदा बसले अन्य खेलाडीलाई बोकेर एयरपोर्ट गएको स्पेनिस टिभी च्यानल इल चिरिङगुइटोले बताएको छ ।
हारपछि आफ्नो कप्तानलाई पनि बिर्सिएका खेलाडीहरुबीच एकले अर्कोलाई दोष लगाएको समेत बताइएको छ । तनावका वातावरणबीच आफ्नै कप्तानलाई बिर्सिएका खेलाडीहरुले यो हार पचाउन निकै कठिन हुने मिडिया रिपोर्टमा उल्लेख छ ।