२०८३, ११ कार्तिक मंगलवार
×

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोना विरुद्ध लिभरपुलको अविश्वसनीय जित

1264 Shares

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति लिभरपुलले बार्सिलोना विरुद्ध घरेलु मैदान एन्फिल्डमा अविश्वसनीय नतिजा हासिल गरेको छ ‌।पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको यो लगातार दोस्रो फाइनल यात्रा हो ।

लिभरपुलको जितमा डिभोक ओरीजी र जियोर्जिनियो वाइनाल्डमले २-२ गोल गरे । लिभरपुलले लगातार दोस्रो पटक फाइनल यात्रा तय गर्दा इतिहासमा चौथो पटक तीन वा सोभन्दा बढी गोलको अग्रतालाई उल्टाउन सफल रहयो । अघिल्लो सिजन बार्सिलोनालाई रोमाले ४-१ को अग्रताका बाबजुद पराजित गरेको थियो ।

प्रतिक्रिया