२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

नेयमारको खिल्ली उडाउने भिडियो भाइरल, हेर्नुहोस् फ्यानले यसरी उडाए

2017 Shares

एजेन्सी। नेइमार फुटबलका एक उत्कृष्ट खेलाडी हुन्। उनी आफ्नो क्षमताले नै फुटबल जगतमा उत्कृष्ट बन्न पुगे। तर रसियामा जारी विश्वकप फुटबलका कारण नेइमार अहिले निकै चर्चामा छन्।

समुह चरण हुँदै क्वाटर फाइनलसम्म पुगेको नेइमारको ब्राजिलियन टिम क्वाटर फाइनल खेलमा बेल्जियमसँग हारेको थियो। सबैको आँखा नेइमार प्रति नै थियो। तर उनले सोचे जस्तो प्रदर्शन भने गर्न सकेनन्।

 

यति मात्रै नभएर सो खेलहरुमा उनको हास्यास्पद हर्कतका कारण पनि उनी निकै आलोचित बन्न पुगेका छन्। उनी हरेक खेलमा धेरै लडेको देखिन्थे।

जसले गर्दा फ्यानहरु निकै दुखित त भएका नै छन् साथै उनको प्रतिष्ठामा पनि कमी आएको छ। अहिले उनकै फ्यानहरुले पनि लडेको भिडियोहरु बनाई उनीप्रति व्यङ्ग्य हानिरहेका छन्। जुन भिडियोहरु निकै भाइरल समेत भइरहेको छ।

प्रतिक्रिया