२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आईसीसी टी -२० वरीयतामा नेपाल ३ स्थान उक्लियो

3911 Shares
Spread the love

काठमाडौ –  आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो ।

११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको टी–२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।

टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन्

प्रतिक्रिया