२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

काभ्रे माम्तीका स्थानीयले गिट्टी उठाउन रोके,विमानस्थल धावनमार्ग सुधारमा समस्या

1263 Shares
Spread the love

काठमाडौँ  -काभ्रेको रोशी गाउँपालिका ११ र १२ का बासिन्दाले स्थानीय माम्ती खोलाबाट गिट्टी ढुवानीमा रोक लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्धार प्रभावित हुने देखिएको छ । दश घन्टा उडान बन्द गरेर ४३ वर्षछि पहिलो पटक सोमबार देखि धावनमार्ग जीर्णोद्वार सुरु गरिएको हो ।

अवरोध सुल्झाउन सोमबार नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलसहितको एक टोली रोशी पुगेको थियो । गाउँपालिका अध्यक्ष डीबी लामासहित स्थानीयबीच अवरोध हटाउन दिनभर छलफल भयो । आक्रोशित स्थानीयहरू सहमत नभएपछि टोली काठमाडौं फर्किएको छ ।

‘मुलुकै लाइफलाइन मानिने एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको महत्त्वबारे भन्यौं, स्थानीयले कुनै पनि हालतमा गिट्टी उठाउन नदिने बताए,’ प्राधिकरणका एक इन्जिनियरले भने । गत सोमबारदेखि बेलुकी १० देखि बिहान ८ बजेसम्मका लागि १० घण्टा विमानस्थल बन्द गर्दै ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले काम थालिसकेको छ । यो प्राधिकरणकै स्रोतमा हुन लागेको ४ अर्ब २७ करोडको परियोजना हो ।

एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लामो धावनमार्गको पुरानो पिच उप्काउँदै तीन महिनाभित्र नयाँ राखिसक्नुपर्छ । यसका लागि माक्रै कम्तीमा ३५ हजार घनमिटर त्रसरबाट उत्पादित गिट्टी चाहिन्छ । यसै कामका लागि दैनिक २२ घण्टासम्म खुल्दै आएको विमानस्थल चैत १८ देखि असारसम्मका लागि दैनिक १० घण्टा बन्द गराइएको छ ।

यो परियोजना हेरिरहेको प्राधिकरणमातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार धावनमार्गका लागि रोशी खोलाअन्तर्गत माम्दी र ललितपुरको टीकाभैरवको गिट्टी प्रयोगशाला जाँचपछि छानिएका थिए । ठेकेदार कम्पनीले माम्दी खोलाबाट उत्पादित गिट्टी ओसार्दै आएको थियो । हालसम्म ऊक्त खोलाबाट १४ हजार घनमिटर गिट्टी काठमाडौंको तीनकुनेमा रहेको निर्माण साइटमा ल्याइसकिएको छ । ‘त्यहाँको त्रसर करिब २ महिना चल्न सकेको भए धावनमार्ग सुधारका लागि ३५ हजार घनमिटर गिट्टी ल्याउन सकिन्थ्यो,’ आयोजनाका एक इन्जिनियरले भने ।

तर, स्थानीयले गिट्टी निकाल्दा खोला गहिरो भएको, कुलोमा पानी नचढेको, फानीका मुहान सुक्न थालेको, खेतबारीमा क्रसरको धूलोयुत्त पानीले सिञ्चित हुँदा बालीनालीमा असर परेको लगायतका बुँदा लेखेर गाउँपालिका अध्यक्ष लामालाई ज्ञापन दिएका छन् । लामाका अनुसार रोशी गाउँपालिका ११ र १२ का ९६ किसानले हस्ताक्ष्।र गरेर दुई साताअघि ज्ञापनपत्र बुझाएका थिए ।

लगत्तै उनीहरूले त्यहाँ गिट्टी उत्पादन गरिरहेको भीमेश्वर एग्रिगेट प्रालि बन्द गराएका छन् । ऊक्त त्रसर उद्योग काभ्रेका राजभक्त प्रधानको रहेको अध्यक्ष लामाले बताए । उनका अनुसार यसअघि कलंकी–कोटेश्वर विस्तार गर्ने चिनियाँ कम्पनीले पनि यही क्रसरले उत्पादन गरेको गिट्टी प्रयोग गरेको थियो ।

उद्योग रहेको क्षेत्र बनेपाबाट ४७ किलोमिटर पूर्व दक्षिण बीपी राजमार्गनजिक पर्छ । ‘स्थानीयले पहिला दियौं, अब दिँदैनौं भनिरहेका छन्,’ अध्यक्ष लामाले भने, ‘मेरो तहबाट नसकिएपछि सोमबार प्राधिकरणका उच्च ओहोदाका कर्मचारीलाई नै बोलाएर छलफल गराएँ तर निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘एकरदुईरतीन कुनै हालतमा पनि चलाउन दिँदैनौं भन्दैछन् ।’

निर्माण प्रारम्भ भएकै दिन आयोजित कार्यक्रममा आयोजना प्रमुख बाबुराम पौडेलले पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई निर्माण सामग्री आयात मुख्य चुनौती रहेको सुनाएका थिए । ‘क्रसरको गिट्टी उत्पादन तथा ढुवानी मुख्य चुनौतीका रूपमा देखापरेको छ,’ उनले मन्तव्यमा भनेका थिए, ‘दोस्रो चुनौती यस वर्षको मौसम ९वर्षा० रहेको छ । आशा गरौं, मौसमले हामीलाईसाथ दिनेछ ।’

प्राधिकरणले स्थानीय सहमत नै नभएको यो विषयमा सरकारले नै चासो दिनुपर्ने बताएको छ । गत वर्ष प्राधिकरणले पशुपतिको माटोको विवादकै कारण एसियाली विकास बैंकको ३ अर्ब रुपैयाँ ऋण अनुदानको विमानस्थल बिस्तार परियोजनाको सम्झौता रद्द गरेको थियो । स्पेनिस कम्पनीसँग ठेक्का विवाद अझै टुंगिएको छैन ।

प्रतिक्रिया