२०८३, ११ कार्तिक मंगलवार
×

भाजपालाई झट्का:-शत्रुघन सिन्हा कांग्रेसमा प्रबेश गर्दे

868 Shares

चैत्र १४ – भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनको संघारमा एक पार्टी छोडेर अर्काेमा सामेल हुने क्रम बढ्दो छ । त्यतीमात्र होईन सत्तारुढ दल भाजपा , कांग्रेस लगायतका पार्टीहरुले चुनावमा आफनो जितको सुनिश्चितताका लागि बलिउड सेलिब्रेटीहरुलाई पार्टीमा आवद्ध गराउँदै कोहीलाई चुनावी मैदानमा उर्ताने तयारी भईरहेको छ भने कसैलाई प्रचारप्रसारका लागि प्रयोगमा ल्याईदैछ । यसैबीच बलिउड फिल्मका चर्चित नायक एवं भाजपाका सांसदसमेत रहेका शत्रुघन सिन्हा पनि पार्टी परिर्वतन गर्ने मुडमा पुगेका छन् । सन् २००९ मा भाजपाबाट चुनावी मैदानमा उठेर बिहारबाट चुनाव जितेका उनी अब कांग्रेसमा प्रबेश गर्न लागेका छन् । छिट्टै उनी कांग्रेसमा सामेल हुँदैछन् । जसको औपचारिक घोषणा केही दिनमा नै हुँदैछ ।

शत्रुघन सिन्हाले भाजपा छोड्दा एउटा झट्का नै मान्न सकिन्छ । उनले ट्वीटरमार्फत नै जानकारी दिँदै आफु कांग्रेसमा सामेल हुन लागेको बताएका छन् । उनले भाजपाले आफुलाई लामो समय प्रताडित गरेको , अन्यायको शिकार भएको बताउँदै कांग्रेसमा सामेल हुन लागेको बताएका हुन् । उनले आफु गान्धी परिवारको ठुलो प्रशंसक रहेको बताउँदै वर्तमान सरकारको खराव नीतिको आलोचना गर्दा आफुलाई पार्टीले प्रताडित गरेको उनको आरोप छ । उनी कांग्रेसमा प्रबेश गर्न लागेको कुराले भाजपामा ठुलै धक्का लागेको छ ।

कुनै समय भाजपाबाट नै लोकसभाको चुनावमा उनी अर्का चर्चित नायक राजेश खन्नाको बिरुद्ध चुनावी मैदानमा उत्रिए । जहाँ उनी २५ हजार भोटले पराजित बनेका थिए । तर उनी अहिले पनि त्यस क्षणका लागि निकै पछुताउने गर्छिन् किनकी उनी उनले पनि मान्ने गरेका राजेश खन्नाबिरुद्ध चुनावमा उठे । सन २००९ मा बिहारमा चुनाव जितेका उनी सांसद बने । क्याबिनेट मिनिस्टर समेत बनिसकेका उनको केही समय अगाडीमात्र उनको सम्पत्तिमा उछाल आएको रिपोर्ट सार्वजनिक भएको थियो ।

जहाँ एसोसिएशन अफ डेमोक्रेटिक रिफम्र्सका अनुसार उनको सम्पत्तिमा ७७८ प्रतिशत बृद्धी भएको देखिएको उल्लेख गरेको थियो । रिपोर्टका अनुसार उनको सम्पत्ति सन् २००९ मा १५ करोड देखाएको उल्लेख छ । सो सम्पत्ति बढेर २०१४ देखि १३१ करोड देखिएको उल्लेख छ । उनी चर्चित नायिका सोनाक्षी सिन्हाको बुवा समेत हुन् ।

प्रतिक्रिया