२०८३, ११ कार्तिक मंगलवार
×

“प्रधानमन्त्री सिके राउतको प्रवक्ता बने” :- राजेन्द्र महतो

1584 Shares

रेशम चौधरीलाई टिकापुर घटनामा दोषी मानी जन्मकैदको सजाय भएपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता ग¥यो । यता देश बिखण्डनको मुद्धा बोकेर हिडेका सिके राउतलाई भने सरकारले काखी च्यापेको भन्दै सो पार्टीले अभिव्यक्ति दिईरहेको छ । यसबीचमा राजपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित देशको विद्यमान परिस्थितिमा राजनीतिक दलहरुको भूमिका बिषायक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले सिके राउतको वकालत गर्दे हिडेको बताए ।उनले भने “प्रधानमन्त्री सिके राउतको प्रवक्ता बनिहाले अब के चाहियो र ?”  उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन आग्रह गरे । उनले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइएको भन्दै आपत्ति जनाए । झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा हेर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया