२०८३, ११ कार्तिक मंगलवार
×

जम्मू कश्मिरमा दोहोरो भिडन्त , ५ जना आतंककारी मारिए

2455 Shares

चैत्र ८-  कश्मिरको पुलवामा एक २१ बर्षीय युवकले गरेको आत्मघाती आक्रमणपछि भारत सरकारले जम्मू कश्मिरमा त्यहाँ रहेका चरमपंथी संगठनको धरपकड गरिरहेको छ । पुलावामा भएको आक्रमणको उदेश्य स्वतन्त्र कश्मिरको एक हिस्सा भएको बताएपछि भारत सरकारले सो क्षेत्रमा रहेका आतंककारी गतिविधी गर्ने समूहबिरुद्ध कारवाही गरिरहेको छ ।  जम्मू कश्मिरमा हिजोबाट सुरु भएको दोहोरो भिडन्त आज पनि जारी रहेको भारतीय मिडियाले जनाएको छ । सञ्चारमाध्यमका अनुसार सेनाले आतंककारीहरुलाई घेरेर राखेका छन् । हिजोदेखि आजसम्म भएको भिडन्तमा घाटीमा ५ जना आतंककारी मारिएका छन् ।

notext

सञ्चारमाध्यमका अनुसार मारिनेमा जैस ए मोहम्मद संगठनको एक कमाण्डर समेत रहेको बताईएको छ । आज भारतीय सेनाले २ जना आतंककारी मारेका हुन् । सो क्षेत्रमा आतंककारीहरु बसिरहेको सूचना पाएपछि छापा मारिएको थियो जहाँ आतंककारीहरुसंग दोहोरो भिडन्त भएको थियो । यसैगरी सोपोरोमा पनि हिजोदेखि सेनाले आतंककारीहरु रहेको क्षेत्रमा घेराबन्दी गरेर राखेको छ । जहाँ पनि दोहोरो भिडन्त भएको थियो । हिजोमात्र आतंककारीहरुले सोपोरो क्षेत्रमा सशस्त्र पुलिसको क्याम्पमा ग्रेनेड बम आक्रमण पनि गरेका थिए । जहाँ २ जना प्रहरी गम्भिर घाईते भएका थिए ।

प्रतिक्रिया