२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

साफ च्याम्पियनसिपः नेपालको विजयी शुरुवात

2013 Shares
Spread the love

काठमाडौं– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबारदेखि विराटनगरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटालाई ३–० ले पराजित गर्दै नेपालले सुखद् शुरुवात गरेको हो ।

खेलको शुरुवाती चरणदेखि नै आक्राम देखिएको नेपालका लागि मन्जलीकुमारी योञ्जनले खेलको १३ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गरिन् ।

यस्तै खेलको ५४ औं मिनेटमा अनिताले तेस्रो गोल गरिन् । पहिलो खेलको जीतसँगै समूह ‘ए’मा रहेका नेपाल ३ अंक जोड्न सफल भएको छ । समूहचरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया