1784
Shares
लन्डन । कश्मिरको पुलावामामा आतंकवादी आक्रमणको विषयलाई लिएर भारत र पाकिस्तानबीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुको विवाद यहाँ मात्र नभइ युरोप अमेरिकामा पनि देखिएको छ । यही बीचमा एउटा भिडियो सार्वजनिक भएको छ । भिडियो लण्डनस्थित पाकिस्तानी दुतावास बाहिरको भएको बताइएको छ ।
यहाँ भारतीयहरुको भीडले पाकिस्तानी दुतावासअगाडि नाराबाजी गरिरहेका थिए । यत्तिकैमा उक पाकिस्तानी पत्रकार ताहा सिद्दिकीले उनीहरुसँग प्रतिक्रिया लिन खोजे । कुराकानीकै क्रममा उनीहरुबीच विवाद बढ्यो त्यसपछि भारतीयको भिडले पत्रकार सिद्दिकीलाई घेरा हाले । उनलाई चर्को स्वरमा सबैले एकैचोटी धेरै कुराहरु सोधे । घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो –