फागुन ८- नेपालमा वि.स २०७२ सालमा गएको बिनाशकारी भुकम्पपछि उद्धारका लागि छिमेकी मुलुक भारतले सहयोग गरेको थियो । चीन , जापानसंगै उद्धारमा भारत पनि खटेको थियो । उसले उद्धारसंगै खाधन्न सहयोग पनि गरेको थियो । यसबीचमा भारतलाई नेपालमा गएको बिनाशकारी भुकम्पको समय प्रभावकारीरुपमा उद्धार कार्य गरेको भन्दै स्पेनले सम्मान गरेको छ । हाल स्पेन भ्रमणमा रहेकी भारतकी बिदेश मन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले “ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट” सम्मानबाट पुरस्कृत गरेको हो ।

उसले नेपालमा गएको भुकम्पको समय ७१ स्पेनिस नागरिकलाई सकुशल उद्धार गरी स्वदेश फर्काउन भारतले सहयोग गरेको भन्दै सो सम्मान दिएको हो । उसले भुकम्पको समय भारतले निर्वाह गरेको भूमिका निकै स्रहानिय भएको बताएको छ । भुकम्पलगत्तै भारतले “अपरेशन मैत्री” अन्तर्गत नेपालमा राहत र उद्धार गरेको भन्दै स्पेनले सम्मान गरेको भारतीय अधिकारीले बताएका छन् । ३ दिने भ्रमणका लागि स्पेन पुगेकी सुष्मा स्वराज आजै स्वदेश फर्कन लागेकीछिन् ।