२०८३, ११ कार्तिक मंगलवार
×

आईएस लडाकुसंग बिहे गरेकी बेलायती किशोरीको नागरिकता रद्द

1638 Shares

फागुन ८- बेलायतले इस्लामिक स्टेट (आईएस)  मा गएकी बेलायती किशोरीको नागरिकता रद्द गरिदिएको छ । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि आईएस लडाकुसँग बिहे गर्न लन्डन छाडेर सिरिया पुगेकी शमिमा बेगमको नागरिकता रद्ध गरिदिएको हो । उनको नागरिकता रद्ध गर्दे ब्रिटिश अधिकारीहरूले ती किशोरीको आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको बताएका छन् । लण्डन छाडेपछि उनी केही साता अघिमात्र सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो।

आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरालाई जन्म दिइन्।बीबीसीसंग कुराकानी गर्दे उनले आफु कहिले पनि आईएसका लागि एउटा प्रतीक बन्न नचाहेको र आफनो ब्रिटेनमा नै फर्किएर सन्तान हुर्काउन चाहेको जिकिर गरेकीछिन् । उनको परिवारले सरकारी निर्णयलाई कानुनी चुनौती दिने ठानिएको छ। किनकी बाङ्ग्लादेशले चाहिँ शमिमालाई स्वीकार्छ या स्वीकार्दैन भन्ने प्रस्ट छैन।

notext

अन्तर्राष्ट्रिय कानुनअनुसार सरकारहरूले नागरिकलाई राज्यविहीन बनाउन पाउँदैनन् । उता शमिमाको श्रीमान इस्लाम अपनाएका एक डच नागरिक हुन्। तिनले दुई साताअगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको ठानिएको छ। उता शमिमाले भने आफुसंग बाङ्ग्लादेशी राहदानी नभएको र बाङ्ग्लादेश कहिले नगएको दाबी गरेकीछिन् । उता शमिमा नवजात शिशुको हकमा कानुनअनुसार नागरिकताबाट वञ्चित गरिनुअघि ब्रिटिश अभिभावकको कोखबाट जन्मिएकाहरूलाई ब्रिटिश नै मानिने उल्लेख छ।

प्रतिक्रिया