शनिवार, २०८३ मंसिर ५
EN
मेनु

मधेशमा सरकार गठनमा अन्योल : तीन दलद्वारा समय थपको आग्रह

मधेशमा सरकार गठनमा अन्योल : तीन दलद्वारा समय थपको आग्रह

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ।
  • सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा अन्तिम समयमा तीन दलले प्रदेश प्रमुखसमक्ष समय थपको आग्रह गरेका छन्।
  • यसअघि नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास गरिरहनुभएको छ।

जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ।

प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दिएको समयसीमा आज अपराह्न ४ बजे सकिँदासमेत कुनै पनि दलले स्पष्ट बहुमतसहित दाबी पेस गर्न नसकेपछि प्रक्रिया लम्बिएको हो।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा अन्तिम समयमा तीन दलले प्रदेश प्रमुखसमक्ष समय थपको आग्रह गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता युवराज भट्टराईले प्रदेश प्रमुखको कार्यालय पुगेर समय थप्न अनुरोध गरेका हुन्।

ती तीन दलका नेताहरूले आफूहरू अझै आवश्यक छलफल र परामर्शमा रहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै सरकार गठनको दाबी पेस गर्नका लागि थप समय उपलब्ध गराउन प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन्।

यसअघि नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास गरिरहनुभएको छ । यद्यपि, नेपाली कांग्रेसले उहाँलाई समर्थन गर्ने विषयमा हालसम्म औपचारिक सहमति जनाइसकेको छैन। उता, जनता समाजवादी पार्टी (जसपा) नेपाल भने एमालेसँग सहकार्य गरेर सरकार गठन गर्ने पक्षमा देखिएको छैन।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दलहरूबीचको आन्तरिक र बहुपक्षीय छलफल निष्कर्षमा पुग्न नसक्दा प्रदेशको आगामी सत्ता समीकरण थप पेचिलो बन्दै गएको छ ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ