मंगलवार, २०८३ मंसिर ८
EN
मेनु

भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा चीनले सघाउने, प्रभावितलाई घर बनाउन सहयोग गर्ने घोषणा

चीनले राहत सामग्री, नगद सहयोग तथा विशेषज्ञ टोलीसमेत नेपाल पठाएको जनाएको छ।

भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा चीनले सघाउने, प्रभावितलाई घर बनाउन सहयोग गर्ने घोषणा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • चीनले भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सक्रिय रूपमा सहयोग गर्ने घोषणा गरेको छ।
  • विपद्बाट प्रभावित नागरिकलाई घर पुनर्निर्माण गर्न तथा सकेसम्म छिटो सामान्य जनजीवन र काममा फर्कन सहयोग गर्ने चीनले जनाएको छ।
  • �पहिले नै उपलब्ध गराइएको आपत्कालीन सहयोगका अतिरिक्त चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ।

काठमाडौं। चीनले भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सक्रिय रूपमा सहयोग गर्ने घोषणा गरेको छ। विपद्बाट प्रभावित नागरिकलाई घर पुनर्निर्माण गर्न तथा सकेसम्म छिटो सामान्य जनजीवन र काममा फर्कन सहयोग गर्ने चीनले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। बाढीपहिरोपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोग जुटाउन नेपालले सम्मेलन आयोजना गर्ने योजनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले चीनको सहयोग निरन्तर रहने बताएका थिए।

गुओका अनुसार रसुवामा पहिरो गएपछि चीनले प्रभावित क्षेत्रका लागि तत्काल आपत्कालीन सहयोग घोषणा गरेको थियो। त्यसक्रममा चिनियाँ सरकारले नेपाललाई नगद सहयोग उपलब्ध गराउनुका साथै पाँच चरणमा राहत सामग्री पठाएको थियो।

त्यस्तै, सुरुङ उद्धार तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २० भन्दा बढी विज्ञ नेपाल पठाइएको उनले जानकारी दिए। चीनले मौसम, जलविज्ञान र भूगर्भसम्बन्धी तथ्यांकसमेत नेपालसँग निरन्तर आदानप्रदान गर्दै आएको उनको भनाइ थियो।

चीनका विभिन्न क्षेत्रका नागरिकले पनि नेपाललाई सहयोग गरेको र नेपाली जनताप्रति सद्भाव तथा समर्थन व्यक्त गरेको गुओले बताए।

उनले विपद्ले नेपालमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै पुनर्निर्माणको काम चुनौतीपूर्ण रहेको बताए। चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र विपद्का कारण नेपालले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गरेको पनि उनले जानकारी दिए।

“पहिले नै उपलब्ध गराइएको आपत्कालीन सहयोगका अतिरिक्त चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ। यसबाट विपद् प्रभावित क्षेत्रका नागरिकले घर पुनर्निर्माण गर्न र सकेसम्म चाँडो सामान्य जनजीवन तथा काममा फर्कन सक्नेछन्,” गुओले भने।

चीनले प्राकृतिक विपद्बाट उत्पन्न जोखिम र चुनौतीको सामना गर्न नेपालको विपद् रोकथाम तथा जोखिम न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने जनाएको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ