0
Shares
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् ।
पीडितले आरोपितलाई सनाखत गर्दै दिएको किटानी जाहेरीका आधारमा उनले साकेला पार्क नजिकको एकान्त जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल समेत लुटेको उल्लेख गरिएको छ । घटनामा संलग्न विश्वकर्माविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।