२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

एमाले अध्यक्ष ओली आज झापा जाँदै

1685 Shares
Spread the love

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्। ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिए। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।

ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ। यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्र झापा मै रहेका छन्। हिजो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत राप्रपाका शीर्ष नेताले पूर्वराजासँग भेट गरेका थिए।

प्रतिक्रिया