२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

पुरुषलाई महिला बनाएर उडान

657564 Shares
Spread the love

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएसँगै आइतबार उडानका चालक दलको बयान लिएको छ। प्राधिकरणले बयानका लागि ताप्लेजुमा कार्यरत ग्राउण्ड स्टाफलाई काठमाडौंमा बोलाइसकेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘हामीले बुधबार काठमाडौंमा रहेका कर्मचारीको बयान लिएका छौं। उता ताप्लेजुङबाट पनि यो उडानका क्रममा सहभागी कर्मचारीलाई यहाँ बोलाएका छौं। सबै कर्मचारीसँग लिएको बयानका आधारमा हामी कारवाही अगाडि बढाउँछौं,’ प्रवक्ता निरौलाले भने।

सोमबार भएको यो उडानमा आवद्ध नेपाल वायुसेवा निगमका ६ जना कर्मचारीलाई प्राधिकरणले ग्राउण्डेड गरिसकेको छ।तोकिएको वजन भन्दा बढी र पुरुषलाई महिला बनाएर जहाजमा ल्याएको भन्दै उनीहरुलाई कारवाही गरिएको हो।

सोमबार विहानको ९ एन-एबीटी कलसाइनको जहाजमा तोकिएभन्दा एक सय पाँच टन वजन बढी देखाएको थियो। सवार १५ जना यात्रु मध्ये ६ जना पुरुष र ९ जना महिला थिए। तर हेर्दा ७ जना पुरुष भेटिएपछि ६ जना कर्मचारीलाई ग्राउण्डेड गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया