२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

फेरि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

1247 Shares
Spread the love

काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबा भएको थियो।आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया