२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आईसीसी विश्वकप लिग-२ : आज नेपाल र पिएनजी भिड्दै

1399 Shares
Spread the love

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल सुरु हुनेछ । आजको खेलमा पनि नेपाल आफ्नो उत्कृष्ट लयलाई कायमै राख्न चाहन्छ। विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोट हुन बाँकी दुई खेल जित्नै पर्ने दबाब छ।

पीएनजीलाई यहीँ सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ५२ रनले हराएको थियो। भने हिजो यूएईलाई १७७ रनको फराकिलो अन्तरले जितेको थियो

प्रतिक्रिया